News अर्बन एफसीलाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । अर्बन एफसीले सोना फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । आयोजक सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) अन्तर्गतको युथ कमिटी द्वारा आयोजित प्रतियोगिताको फाइनलमा अर्बनले बंगलामुखी एफसीलाई ५–४ गोलले पराजित गर्यो ।

विजेतालाई आयोजकका अध्यक्ष राजेश थापा, लोकेन्द्र आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लाजिम्पाटस्थित ढुकु फुटसलमा भएको एकदिने प्रतियोगितामा आर्किटेक्टहरुको ८ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Post Comments