News फुटसल लिगमा सबिन मेमोरियलका अविनाश अगाडी
गोलनेपाल

काठमाडौं । पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगको रोमाञ्चकता जारी रहेका बेला दुई पोखरेली टोली स्पोर्टस क्यासल र सबिन मेमोरियालले पनि आफ्नो बलियो दावेदारीता प्रस्तुत गरिरहेका छन् ।

लिगमा आठौं चरणको खेलहरु जारी रहँदा अपराजित स्पोर्टस क्यासल ८ खेलबाट २२ अंकका शिर्ष स्थानमा छ । त्यस्तै औसत प्रदर्शन गरिरहेको सबिन मेमोरियल भने ७ खेलबाट १० अंकका साथ छैठौं स्थानमा छ ।

यद्यपि लिगको शिर्षताको होडमा अहिले पर्न नसकेको सबिन मेमोरियलले व्यक्तिगत प्रदर्शनमा आफूलाई अगाडी उभ्याएको छ । अर्थात सबिन मेमोरियलका अविनाश तामाङ जारी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छन् । अविनाशले हालसम्म कुल १२ गोल गर्दै शिर्ष स्थानमा आफूलाई राखेका छन् ।

यो सुचीको दोस्रो स्थानमा द राइजिङ क्लब, धरानका सुदिप गुरुङ छन् । उनले कुल १० गोल गरेका छन् । त्यस्तै ढुकु फुटसल हवका बिक्रान्त नरसिंह राणा र स्पोर्टस क्यासलका सुमित श्रेष्ठको नाममा ९–९ गोल छ । साथै यी दुई क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

त्यस्तै कुल आठ गोल गरेका द राइजिङ क्लब कै रेवस मास्के पाँचौ स्थानमा छन् । र लिगमा सबै खेलाडीहरुको गोल काउन्टिङ जारी छ ।

Post Comments