News स्पोर्टस क्यासल बन्यो नेशनल फुटसल च्याम्पियन
उमेश पुन

पोखरा । स्पोर्टस क्यासल, पोखरा घरमै सम्पन्न प्रतिष्ठित नेशनल फुटसल लिगको च्याम्पियन बनेको छ । पोखरा स्थित बहुउद्देश्ययि कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल भिडन्तमा स्पोर्टस क्यासलले शंखमुल फुटसललाई ४–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच स्पोर्टस क्यासल कै किशोर गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । विजेता बनेको स्पोर्टस क्यासलले उपाधिसहित नगद १० लाख हात पारेको छ भने शंखमुलले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा देशैभरिबाट छनौट भएर आएका उत्कृष्ट दश टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट रुपन्देहीका दुई टोली झरना स्पोर्टस क्लब, लुम्बिनी फुटसल प्रा.लि. रेलिगेशनमा परेका थिए ।

Post Comments