News जनप्रवाह क्लबलाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । स्व. बिरेन्द्र बहादुर बानियाँको स्मृतिमा पिप्ले युवा क्लबद्वारा आयोजित २७औ ५ नम्बर वडा टोलस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी शान्तिनगर टोलको जनप्रवाह क्लबले जितेको छ ।

उपाधि भिडन्तका लागि भएको फाईनलमा जनप्रवाह क्लबले शान्तिनगरकै बालुवाटार युवा क्लबलाई सडनडेथमा ६–५ ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो । खेलमा विजयी टोलीका गोलरक्षक प्रितम सैजु नायक साबित बने ।

बिजयादशमीको अवसरमा प्रत्येक बर्ष आयोजना हुँदै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुमन अर्याल घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार सञ्जिव अर्यालले हात पारे । त्यस्तै उदियमान खेलाडी सिताराम काफ्ले चुनिए ।

खेलको विजेता र उपबिजेता खेलाडीहरुलाई नेपाली कांग्रेस संसदिय दलका नेता ईन्द्र बहादुर बानियाले खसी, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । समापन कार्यक्रममा ५ नं वडाका अध्यक्ष राजेश बानिया लगायतकाका अतिथीहरुको उपििस्थति थियो ।

Post Comments
Advertisement Yamaha Nepal