News सरकारद्वारा सदस्यसचिव सिलवाल बर्खास्त
गोलनेपाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसवि रमेश कुमार सिलवाललाई नेपाल सरकारले उनको पदबाट बर्खास्त गरेको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार सिलवाललाई प्रक्रिया पूरा गरेर हटाउने निर्णय भएको छ । राखेपमा सदस्यसचिव सिलवालको यो दोस्रो कार्यकाल थियो । यसअघि उनी वि.सं. २०७६ सालको असारमा पहिलोपटक सदस्य सचिवमा नियुक्त भएका थिए ।

त्यसपछि राष्ट्रिय खेलकुद ऐन २०७७ को नियमअनुसार एक बर्ष मै पदमुक्त भएका सिलवाले गत बर्ष केपी ओलीका पालामा फेरि सदस्य सवि बनेका थिए ।

सिलवालको बर्खास्तीबारे स्पष्ट कारण नखुलाइए तापनि उनको कामकारवाहीप्रति सरकार असन्तुष्ट रहेको बुझिएको छ ।

Post Comments