News मैत्रीपुर्ण खेलमा हार्यो नेपाल यु–२३ फुटबल टिम
गोलनेपाल

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्न ताजिकिस्तानमा रहेको नेपालको यु–२३ फुटबल टोलीले शुक्रबार मैत्रीपुर्ण फुटबल म्याचमा हार बेहोरेको छ ।

ताजिकिस्तानको गसर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले इण्डोनेसियाको यु–२३ फुटबल टोलीसँग २–० को हार बेहोरेको हो । नेपालले दुवै गोल दोस्रो हाफमा खान पुग्यो ।

५५औं मिनटमा इण्डोनेसियाका लागि हनिस सघाराले पहिलो गोल गरे भने दोस्रो गोल ९०+३औं मिनटमा विटान सुलेमानले गर्दै टोलीको जित पक्का गरे । स्मरण रहोस, इण्डोनेसियाले आफ्नो पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानलाई २–१ ले हराएको थियो ।

अब नेपालको ध्यान इरानतर्फ

शुक्रबारको मैत्रीपुर्ण खेलसँगै अब नेपालको ध्यान एएफसी यु–२३ एसियन कप छनौटतर्फ हुनेछ । नेपालले यहि अक्टुबर २५ तारीखका दिन एसियन पावर हाउस इरानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै २८ अक्टुबरका दिन आयोजक ताजिकिस्तानसँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल ३१ अक्टुबरका दिन लेबनानसँग खेल्नेछ । सबै खेलहरु दुशान्बे स्थित पामिर स्टेडियममा हुनेछन् ।

Post Comments