News प्रथम गैंडहवा अध्यक्ष कप शनिबारदेखि
सुरज राना मगर

गैंडहवा । विस्तारै फुटबलले गति लिने प्रयास गरिरहेको रुपन्देहीमा यहि पौष १० गते शनिबारदेखि प्रथम गैंडहवा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

गैंडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा हुन गईरहेको प्रतियोगितामा उत्कृष्ट आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक प्रकाश हमालले बताए ।

गैंडहवा गाउँपालिका, बिष्णुपुरा, रुपन्देहीको संरक्षकत्व रहेको एवं गैंडहवा वार्ड नम्बर ८ सह–संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

रुपन्देहीको स्थानीय फुटबलमा आफ्नो पहिचान बनाउन प्रयासरत न्यु एभरेष्ट युवा क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने यहि पौष १७ गतेका दिन हुने समेत संयोजक हमालले जानकारी दिए ।

Post Comments