News किरनको टोली माजियाको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । माल्दिभ्सको शिर्ष लिगमा माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालका गोलरक्षक किरन चेम्जोङले त्यहाँ जितको लयलाई कायम राखेका छन् ।

लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको माजियाले सोमबार लिगमा लगातार दोस्रो जित हात पार्यो । त्यसक्रममा माजियाले क्लब इगल्समाथि २–० को जित निकाल्यो । माजियाका लागि टाना डोमिंगेज र नैज हसनले गोल गरे । यसअघि माजियाले आफ्नो पहिलो खेलमा सुपर युनाइटेड स्पोर्टसलाई १–० ले हराएको थियो ।

स्मरण रहोस, किरन यसै सिजनका लागि भनेर माजियामा केही महिना अघि आवद्ध भएका थिए । माल्दिभ्समा यो उनको दोस्रो क्लब समेत हो । यसअघि उनले टिसी स्पोर्टसका लागि पनि माल्दिभ्सको शिर्ष लिग खेलेका थिए ।

Post Comments