News इन्टर आई केयर फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । नेत्र चिकित्सासँग सम्वद्ध तथा व्यवसायीहरुबीच एकता र भाईचारा कायम गर्ने उद्देश्यका साथ यहि चैत्र २६ गते प्रथम इन्टर आई केयर फुटसल प्रतियोगिता हुने भएको छ ।

भिजन टुगेदर नेपालको आयोजनामा हुन गईरहेको प्रतियोगिता बालुवाटार स्थित ढुकु फुटसलमा हुने आयोजक संस्थाका अध्यक्ष साकार सुबेदीले बताए । उनले टिम दर्ताका लागि सम्बन्धित सबैलाई आह्वान गरिएको समेत बताए ।

आयोजकका अनुसार प्रतियोगिता आयोजनामा संकलित रकमबाट नेपालको दुर्गभ भेगमा पुगी त्यहाँका स्थानीयहरुको निःशुल्क आँखा उपचार गर्ने योजना रहेको समेत जानकारी दियो ।

 

Post Comments