News सहज जितका साथ सिद्धार्थ क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । सहज जित हात पार्दै सिद्धार्थ एफसी, चपरहट्टी यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ सिद्धार्थले घरेलु टोली कृषि क्याम्पस, पक्लिहवालाई ३–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । खेलमा सिद्धार्थका अनुप थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र १४ गतेको खेल नवयुवा एफसी, ठुटिपिपल र युनाइटेड एफसी, देवीनगर बीच हुने प्रचार प्रसार संयोजक रुपेन्द्र तमुले जानकारी दिए ।

माछापुच्छ्रे फुटबल क्लबको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments