News सुनवल भेट्रान सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । साँघुरो जितका साथ सुनवल भेट्रान, नवलपरासी यहाँ जारी प्रथम भूपू सैनिक भेट्रान्स कप सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जवई खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा सुनवलले चितवन भेट्रानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । सुनवलको जितमा भरत गुरुङले एक मात्र निर्णायक गोल गरे ।

खेलमा सुनवलका काजिमान गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । प्रतियोगिता अन्तरगत चैत्र २९ गतेको पहिलो सेमिफाइनल खेल आयोजक भूपू सैनिक भेट्रान (रातो) र बुद्ध स्पोर्टस भेट्रानबीच हुने आयोजकले जनाएको छ ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल १३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

Post Comments