News संगम बन्यो राष्ट्रिय नाइन ए साइड भेट्रान्स कप च्याम्पियन
उमेश पुन

पोखरा । यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको प्रथम राष्ट्रिय नाइन ए साइड भेट्रान्स फुटबलको उपाधि संगम क्लव बि ले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा संगमले काठमाडौंको सानो गौचरन लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो।

लाल बहादुर खत्री, विजय गुरुङ र सञ्जय गुरुङले संगमको लागि गोल गरेका थिए। उपाधि संगै संगम क्लवले नगद ३ लाख प्राप्त गरेको छ भने उपविजेता सानो गौचरनले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा संगम क्लवका बिजय गुरुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद २० हजार प्राप्त गरे । त्यसै गरी उत्कृष्ट गोल रक्षकमा संगम क्लवका खिम बहादुर गुरुङ, उत्कृष्ट डिफेन्डरमा संगमकै विष्णुलाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डरमा संगमका महेन्द्र गुरुङ र उत्कृष्ट फवार्डमा सानो गौचरनका शुक्र तामाङ घोषित भए । उनीहरुले जनही नगद १५ हजारका साथमा प्रमाणपत्र र पोशिलो आहार प्राप्त गरे ।

प्रतियोगिता अवधिभर ४–४ गोल गर्ने बगर भाई खलकका मनोज गुरुङ र संगम क्लवका नरेन्द्र जङ्ग गुरुङले जनही नगद ७ हजार ५ सय प्राप्त गरे । 

Post Comments