
पोखरा । एनआरएनएले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् ।
सहारा क्लब हङकङका पूर्व सल्लाहकार समेत रहेका टीका गुरुङबाट यसअघि पनि क्लबमा निरन्तर सहयोग भई आइरहेको छ । सो अवसरमा सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को पनि उपस्थिति रहेको थियो । उनले सहयोगी हातहरुलाई धन्यवादसहित आभार प्रकट गरे ।
फुटबलमार्फत सामाजिक सेवामा अग्रसर मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराद्वारा संचालित एकेडेमीमा हाल कठिन परिस्थिति एवम् विपन्न वर्गका बालक गरी २६ जना आश्रित छन् ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने