News रुपन्देही रेफ्री संघमा थापा सर्वसम्मत
सुरज राना मगर

बुटवल । रुपन्देही रेफ्री संघको अध्यक्ष पदमा जिल्लाका अनुभवी रेफ्रीका रुपमा दरिएका ज्ञान बहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।

यहि मिति २०७९ वैशाख ८ गते बिहीबारका दिन बसेको संघको बैठकबाट थापा सर्वसम्मत रुपमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा अर्का युवा रेफ्री प्रकाश नवाङ्ग चयन भएका छन् ।

त्यसैगरी सचिवमा रुपेन्द्र गुरुङ, सह–सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा कृति सेन चुनिएका छन्ु । सदस्यहरुमा भने कुशल थापा, बिजय सिङ्जाली, नारायण सिङ्जाली, सुजु घले, बबी छन्त्याल तथा शनी थापा रहेका छन् ।

अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएपछि अध्यक्ष थापाले जिल्लाका सबै रेफ्रीहरुलाई समेटेर अगाडी बढ्ने बताए । रेफ्रीहरुको हकहितका लागि आफूले आवश्यकता अनुसार सम्बन्धित पक्षसम्म आवाज उठाउन सकेको प्रयास गर्ने पनि बताए ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न सो कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङ, रेफ्री संघका निवर्तमान अध्यक्ष बिष्णु प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा फुटबल संघका उपाध्यक्ष तथा विशिष्ठ अतिथीका रुपमा उपस्थित बुद्धि बहादुर गुरुङले नयाँ कार्यसमितिलाई बधाई दिंदै सबै मिलेर अगाडी बढ्न सुझाए । जिल्लामा युवा र अनुभवी रेफ्रीहरुको सम्मिश्रण रहेकोले सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड पनि दिए ।

Post Comments