News माडी कप: सपना स्कुल र ब्लु बर्डको जित
गोलनेपाल

बसन्तपुर । पाँचौं माडी कप अन्तरविद्यालय यु–१५ फुटबल प्रतियोगितामा सपना स्कुल र ब्लु बर्ड इङलिस बोर्डिङ स्कुलले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा भएको पहिलो खेलमा सपना स्कुलले विद्याज्योति इङलिस बोर्डिङ स्कुललाई २–१ ले हरायो । खेलमा सपना स्कुलका सुनिल महतो म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा खैरहनी माविले ब्लु बर्ड इ.बो. स्कुललाई ३–० ले हराए तापनि खैरहनीले नियमविपरित बढी उमेरका खेलाडीहरुलाई खेलाइएको पाएपछि सो खेलमा ब्लु बर्डलाई विजयी घोषित गरिएको आयोजकले जनाएको छ । खेलमा ब्लु बर्डका दर्शन अधिकारी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सो दुई ख्ेलमा जित हात पारेका दुवै टोली क्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत जेठ ९ गते सोमबारको पहिलो खेल नेपाल राष्ट्रिय मावि र चक्रदेवी मावि बीच हुनेछ भने दोस्रो खेलमा वाल्मिकी शिक्षा सदन र कृष्णनगर मावि भिड्ने छन् ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको फाइनल खेल यहि जेठ १५ गतेका दिन हुनेछ ।

Post Comments