News
नयाँ क्लबमा रोहितको सुखद शुरुवात
काठमाडौं । यसै वर्ष पर्सिजा जकार्ता छाड्दै अर्को इण्डोनेसियन सुपर लिग क्लब पेर्सिक केडिरी एफसीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले नयाँ क्लबमा सुखद शुरुवात गरेका छन् ।
नयाँ सिजनको शुरुवात गर्ने तयारीमा रहेको केडिरीले बुधबार भएको अभ्यास खेलमा अर्को लिग वान क्लब देवा युनाइटेडमाथि ३–१ को जित निकाल्यो । पर्सिकको जितमा रियाट्नो एबिसो, ब्राजिलियन फरवार्ड जोएन्डरसन र मुहमद रिदवानले गोल गरे ।
पर्सिजा जकार्तासँगको करिब पाँच वर्षे लामो सहकार्य अन्त्य गरेर गत महिना मात्र पर्सिकमा आवद्ध भएका रोहितले नयाँ क्लबमा पनि पहिलो रोजाई मै रहेर खेल्ने सम्भावना छ ।
पर्सिकले गत सिजन इण्डोनेसियन सुपर लिगमा तालिकाको ११औं स्थानमा रहेर सिजनको समापन गरेको थियो । इण्डोनेसियाको शिर्ष लिगको नयाँ सिजन जुलाईको अन्तिम सातादेखि शुरु हुँदैछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न