
काठमाडौं । यस वर्ष लगातार दोस्रोपटक नेपाल मै आयोजना हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको छैठौं संस्करणमा पाकिस्तानले पनि सहभागिता जनाउने पक्का भएको छ ।
पाकिस्तान फुटबल फेडरेशन (पिएफएफ) ले पनि यो कुराको आधिकारिक रुपमा पुष्टी गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिवन्ध गत साता फुकुवा भएपछि पाकिस्तानले महिला साफ च्याम्पियनसिप खेल्न आवश्यक पहल र प्रयास शुरु गरेको थियो ।
पाकिस्तानको सहभागिता पक्का भएसँगै यसपटक महिला साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोलीले सहभागिता जनाउने टुंगो लागेको छ । प्रतियोगिता यहि आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुने तय भईसकेको छ । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।
स्मरण रहोस, फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले सन् २०१७ को अक्टुबर १० तारीखका दिन पाकिस्तानलाई फुटबल गतिविधीहरुमा सामेल हुन नपाउने गरी अनिश्चितकालका लागि प्रतिवन्ध लगाएको थियो । यद्यपि सो प्रतिवन्ध फिफाले यहि जुलाई १ तारीखका दिन फुकुवा गरेको थियो ।
Pakistan Football Federation has confirmed the participation of Pakistan Women's Football Team in the upcoming SAFF Women's Championship. The Championship will be held from 29th Aug till 10th Sept, 2022 in Nepal.#PakistanFootball #DilSayFootball pic.twitter.com/9uGWlizDgM
— Assaam (@AssaamSany) July 9, 2022