News अन्जिला अन्तर्राष्ट्रिय ब्राण्डको सद्भावना दुत
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले एउटा प्रतिष्ठित जिम्मेवारी पाएकी छिन् । चर्चित चाईनिज खेल सामाग्री तथा पोशाक उत्पादक कम्पनी लाइ–निङ कम्पनी लिमिटेडले अन्जिलालाई आफ्नो सद्भावना दुतका रुपमा नियुक्त गरेको छ ।

कम्पनीको नेपालमा रहेको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रा.लि.ले अन्जिलालाई सो जिम्मेवारी दिएको हो । शुक्रबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका सिइओ राजेन महर्जन र अन्जिलाबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान पनि सम्पन्न भयो । सम्झौता दुई वर्षका लागि भएको बताइएको छ ।

यो सम्झौतासँगै अन्जिलाले आफ्नो आगामी अटोबायोग्राफी चलचित्र ‘अन्जिला’ मा लाइ–निङ कम्पनीको उत्पादन प्रयोग गर्ने छिन् । त्यति मात्र नभएर्र एपिएफ क्लबकी गोलरक्षक समेत रहेकी अन्जिलाले आफ्नो दैनिकी कामकाजमा पनि सोही ब्राण्डको उत्पादन प्रयोग गर्ने सम्झौता भएको बताइएको छ ।

 

Post Comments