काठमाडौं । यसै महिना भारतमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपका लागि नेपाल यु–२० राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी नेपाल यु–२० टोली घोषणा गरेका हुन् ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा यहि जुलाई २५ तारीखदेखि शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपतर्फ नेपालले उद्घाटन खेलमै माल्दिभ्सको सामना गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै २७ जुलाईका दिन श्रीलंकासँग खेल्नेछ भने ३१ जुलाईका दिन आयोजक भारतसँग भिड्नेछ ।
लिग चरणको अन्तिम खेलमा नेपालले अगस्त २ तारीखका दिन बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ५ अगस्तका दिन हुनेछ । आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
नेपाल यु–२० फाइनल स्क्वाडः
गोलकिपर्सः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर्सः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन धानी, रोशन थापा, अभिषेक वाईबा
मिडफिल्डर्सः दिपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, क्रितेश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डसः दिपेश राई, निरन्जन मल्ल, रोहन खड्गी
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने