News दोस्रो सुकचर च्यालेञ्ज कप भाद्र २५ देखि (खेलतालिकासहित)
गोलनेपाल

सुकचर । नव युवा क्लब सुकचर ११, बुढिगंगा–६ सुकचर मोरङको आयोजनामा भाद्र २५ गतेदेखि दोस्रो सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

सुकचर स्थित बुढिगंगा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । भाद्र २५ गते हुने उद्घाटन खेलमा मितेरी युवा क्लब, इनरुवा र तालतलैया फुटबल क्लब, इटहरी भिड्ने छन् ।

बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ र बुढिगंगा गाउँपालिकाको कार्यालय, हात्तिमुढा, मोरङको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

आगामी असोज ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् । साथै प्रतियोगिताको सबै खेलहरुको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमले गर्नेछ ।

 

Post Comments