News काठमाडौं भ्याली खुला फुटसल हुँदै
गोलनेपाल

झक्तपुर । आउँदै गरेको महान चाड वडा दशैंको अवसरमा यहि भदौ २९ गते प्रथम काठमाडौं भ्याली खुला फुटसल प्रतियोगिता हुने भएको छ । मध्यपुर–१ स्थित बैजन्ती फुटसलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दियो ।

होराईजन युथ इभेन्ट म्यानेजमेण्ट, मध्यपुर–१, भक्तपुरको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार पाउने खेल संयोजक सबिन तिमल्सिनाले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक तिमल्सिनाले बताए । प्रतियोगिताको मुख्य उद्देश्य चाडपर्वका अवसरमा खेलाडीहरुबीच भाईचारा र आत्मियता कायम गर्नुका साथै फुटसलमा राम्रा खेलाडीहरुको पहिचानगर्नु पनि रहेको आयोजकले बतायो ।

Post Comments