News सिद्धार्थलाई नाइन–ए–साईड फुटबलको उपाधि
गोलनेपाल

धोवी फुटबल क्लब, लेटाङ २ को आयोजनामा सम्पन्न नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ एफसीले जितेको छ ।

फाइनलमा सिद्धार्थले आयोजक धोवी एफसीलाई ४–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

सिद्धार्थको शानदार जितमा भुवन राईले दुई गोल गरे भने सरोज राई र बिनोद लिम्बुले एक–उक गोल गरे । विजेता बनेको सिद्धार्थले उपाधिसहित १५ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजक धोवीले दश हजारमा चित्त बुझाएको छ ।

त्यसैगरी विधागत उत्कृष्टतर्फ सिद्धार्थका चन्दन मगर उत्कृष्ट गोलकिपर, धोवीका सुमन मगर उत्कृष्ट डिफेन्डर र सिद्धार्थकै भुवन राईले सर्वाधिक गोलकर्ता (फरवार्ड ) को पुरस्कार जिते । त्यस्तै आयोजक धोवीका प्रदिप राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

धोवी फुटबल क्लब, लेटाङ २ को आयोजनामा यहि असोज १० गतेदेखि शुरु प्रतियोगितामा लेटाङका आठ फुटबल क्लबहरुको सहभागीता जनाएका थिए ।

Post Comments