News वाखट–सुनाकोठीमा भेट्रान फुटसल हुँदै
गोलनेपाल

ललितपुर । यहि असोज ८ गते शनिबारका दिन ललितपुर २७ स्थित वाखट–सुनाकोठी फुटसलमा भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको महान चाड विजयादशमीको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको खेल संयोजक रवि छन्त्यालले जानकारी दिए ।

एक दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक छन्त्यालले बताए । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

साथै प्रतियोगिताबारे थप जानकारीका लागि ९८०८०६३४८७ र ९८१३८५०४३३ मा सम्पर्क गर्न सकिने पनि संयोजक छन्त्यालले बताए ।

 

Post Comments