News खुला एट ए साईड फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

काभ्रे । आउँदै गरेको बडा दशैंको अवसर पारी महाँकाली युवा क्लब, चौरीदेउराली–२ काभ्रेको आयोजनामा यहि असोज ८ गतेदेखि एट ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

किल्पु, बगर मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । यहि असोज १५ गतेसम्म टिमदर्ता गर्ने मिति तोकिएको आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क १० हजार र थप धरौटी रकम १० हजार तोकिएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका गौतम प्रधानले जानकारी दिए । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई पनि नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको प्रधानले बताए । साथै उनले व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

 

Post Comments