News सिद्धबाबा एफसी क्वाटरफाइनलमा
गोलनेपाल

खैरहनी । सिद्धबाबा फुटबल क्लब, अमलेखगञ्ज, बारा यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ सिद्धबाबाले खैरहनी नगर फुटबल क्लब, चितवनलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खैरहनी माविको खेलमैदानमा भएको खेलमा सिद्धबाबाका लागि नाए टिम्बाले दुई गोल गरे भने थप एक गोल मिलन गोलेले गरे । उता पराजित खैरहनीका लागि सन्देश श्रेष्ठ र सुदिप घलेले गोल गरे । खेलमा खैरहनीका सुदिप घले म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत असोज ८ गते शनिबारको खेल हर्दि युवा समाज, चितवन र एभरेष्ट फुटबल एकेडेमी लालबन्दी, सर्लाही बीच हुने आयोजकले जानकारी दियो ।

विपन्न उत्थान मञ्च, खैरहनी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments