News झापामा शुरु हुँदै चार दिवसीय फुटबल
गोलनेपाल

कनकाई । सुकेडाँगी फुटबल क्लब, कनकाई–२, सुकेडाँगी, झापाको आयोजनामा यहि असोज १४ देखि १७ गतेसम्म चार दिवसीय फुटबल प्रतियोगिता हुने भएको छ ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ आउँदै गरेको बडा दशैंको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

नाईन ए साईड प्रतियोगिताको पहिलो दिन ब्रदर्श एफसी विरुद्ध दमक एफसी भिड्ने छन् भने सोही दिन अर्को खेलमा सुकेडाँगी एफसी र डाँगीबारी एफसी आमने सामने हुनेछन् ।

सामुदायिक वन परिषरको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त आयोजक क्लबका मनोज राईले जानकारी दिए ।

Post Comments