News न्यु हिउचुली समपुर्ण कपको अन्तिम चारमा
सुरज राना मगर

तिलोत्तमा । न्यु हिउचुली युवा क्लब, बोहिया यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा न्यु युथ युनियन क्लब, पाल्पालाई टाईब्रेकरमा ५–४ ले हराउँदै न्यु हिउचुली अन्तिम चारमा प्रवेश गरेको हो ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । जसमा न्यु हिउचुलीले नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।

खेलमा न्यु युथ युनियनका बिशाल चौबे म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ११ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल नव टिकुलीगढ युवा क्लब र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका आर्थिक संयोजक हेम पुनले बताए । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments