News नवयुवा सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

तिलोत्तमा । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा प्रतिस्पर्धात्मक जितका साथ नवयुवा अन्तिम चारमा प्रवेश गरेको हो । सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा भएको खेलमा नवयुवाले नव टिकुलीगढ युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै जित हात पार्यो ।

त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा नवयुवाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा नवयुवाका गोलरक्षक टोप बहादुर राना म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज १२ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल आहाना युवा क्लब, बुटवल र न्यु सिर्जना युवा क्लब, करौजिया बीच हुने आयोजकले जानकारी दियो ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

 

Post Comments