News बुद्ध एयर पाँचौं बेलबारी गोल्डकप कार्तिक १५ देखि
गोलनेपाल

बेलबारी । डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा यहि कार्तिक १५ गतेदेखि बुद्ध एयर पाँचौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा रहेको समेत जानकारी दियो ।

साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । बेलबारी–११ लक्ष्मीमार्ग स्थित लक्ष्मी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा रोलिङ एफसी, झापा र पेम्बा युथ क्लब, बिराटनगर भिड्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तीन विदेशी टोलीसहित कुल १० टोलीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित ८ लाख पाउनेछ भने उपविजेताले ४ लाखका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १५–१५ हजार पाउनेछ भने सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजारसहित ट्रफी प्राप्त गर्नेछ ।

फाइनल खेल कार्तिक २३ गतेका दिन हुनेछ । बुद्ध एयरको मुख्य प्रायोजन रहने प्रतियोगिताको प्रायोजकमा टुबोर्ग बियर पनि रहेको छ । बेलबारी नगरपालिका, मोरङ मुख्य सहयोगी संस्था रहेको प्रतियोगितामा मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

Post Comments