News आयोजक झरना क्वाटरफाइनलमा
गोलनेपाल

आयोजक झरना स्पोर्टस् क्लब जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा आयोजक झरनाले सौभाग्य युवा क्लब, बुटवललाई शून्यका विरुद्ध २ गोलले हरायो ।

तिलोत्तमा ६, कुञ्जापुलस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा आयोजकका लागि अफ्रिकी खेलाडीद्वय देउडा र म्याक्सवेलले गोल गरे । खेलको म्यान अफ द म्याच पनि आयोजक झरना कै असल तुलाचन घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल फूलबारी गाइज, बुटवल र भैरव एफसी, नवलपरासी बीच हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा ६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमिफाइनलिस्ट टोलीले २५–२५ हजार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।

Post Comments