News शहिद ऋषिराज देवकोटा स्मृति कपमा चकमेकको जित
गोलनेपाल

सिन्धुली । यहाँ जारी शहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति कप फुटबल प्रतियोगितामा चकमेक युवा क्लबले जित हात पारेको छ । खेलमा चकमेकले छिन्नमस्ता बाहिनीलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

नव बथानचौडी युवा क्लब, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले ज नाएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ५ गतेका दिन हुनेछ ।

Post Comments