News मलिथमलाई उदयपुरगढी गोल्डकपको उपाधि
जनम बराल

नेपालटार । तेस्रो उदयपुरगढी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मलिथम फुटबल क्लबले जितेको छ । भकुण्डे चौरमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मलिथमले गाईघाट फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको मलिथमले उपाधिसहित नगद १ लाख २० ह जार हात पार्यो भने उपविजेता गाईघाटले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

आदर्श युवा क्लब, नेपालटार, उदयपुरको आयोजनामा कार्तिक १ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो । प्रतियोगिताको मुख्य प्रायोजन उदयपुरगढी गाउँपालिका, उदयपुरले गरेको थियो ।

Post Comments