News रुपन्देहीमा प्रथम कृपा फुटसल कप हुँदै
सुरज राना मगर

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियामा भर्खरै सञ्चालनमा आएको कृपा फुटसल एण्ड फिटनेसले स्थापनाको अवसर पारी यहि मंसिर २४ गते कृपा फुटसल कप आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका नरेश पुनले बताए । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि टिमदर्ता शुल्क २५ सय तोकिएको पनि पुनले बताए ।

प्रतियोगिता संयोजक समेत रहेका नरेश पुनका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

सैनामैना नगरपालिका मै पहिलो फुटसल एरिनाका रुपमा स्थापित कृपा फुटसल एण्ड फिटनेसले नगर भित्र र आसपास क्षेत्रका फुटसल खेलाडीहरुलाई थप सहजता पुग्ने विश्वास लिएको फुटसल संचालक समेत रहेका नरेश पुनले बताए ।

मुर्गिया फुटबल क्लब, मुर्गियाको प्राविधिक र विशेष सहयोग रहने प्रतियोगितामा जिल्ला भरिका २० भन्दा बढी टोलीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले जानकारी दियो ।

Post Comments