News
रोहित अझै जकार्तामा बस्ने निश्चित
काठमाडौं । इण्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार मिडफिल्डर रोहित चन्दले क्लबसँग थप नयाँ सम्झौता गरेका छन् ।
रोहितले जकार्तासँगको आफ्नो सम्झौता नविकरण गरेका हुन् । रिपोर्टअनुसार क्लबसँग रोहितको नयाँ सम्झौता गत १५ जनवरीदेखि लागु भएको हो । उनले जकार्तासँग दुई बर्षका लागि सम्झौता नविकरण गरेको बताइएको छ ।
उता रोहितका दाजु रबिन चन्दका अनुसार क्लबले रोहितलाई यसपटक आकर्षक पारिश्रमिक दिएको बताएका छन् । यद्यपि आर्थिक सम्झौताबारे क्लब र रोहित दुवै विस्तृत रुपमा नखुलाउने सहमति भएको बताइएको छ ।
स्मरण रहोस, नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर समेत रहेका रोहित जकार्तासँग सन् २०१७ देखि आवद्ध रहेका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै