News कुञ्जपार्कमा अनन्तलाई झरनाको पनि सम्मान र स्वागत
सुरज राना मगर

तिलोत्तमा । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर अनन्त तामाङलाई रुपन्देही कै पुरानो र चर्चित क्लब मध्ये एक झरना स्पोर्टस क्लब, कुञ्जलापुरले पनि भव्य स्वागत र सम्मान गरेको छ ।

तिलोत्तमा नगरपालिका–६ स्थित क्लबको आफ्नै व्यवस्थापनमा सञ्चालित कुञ्जपार्कमा एक कार्यक्रमका बीच अनन्तलाई स्वागत र सम्मान गरिएको हो । अनन्तलाई झरना स्पोर्टस क्लबका अध्यक्ष गंगा प्रसाद रानाले स्वागत र सम्मान गर्दै देशका लागि खेल्ने खेलाडीहरुलाई क्लबले सम्मान गर्नु आफूहरुको जिम्मेवारी पनि रहेको बताए ।

अनन्तले झरना स्पोर्टस क्लबबाट पाएको न्यानो स्वागत र सम्मानप्रति आभारी रहेको बताए । कुञ्जपार्क बसाईका क्रममा उनले झरना स्पोर्टस क्लबका नयाँ तथा पुराना पदाधिकारीहरुसँग भेटघाट गर्नुका साथै फुटबलबारे समसामयिक कुराहरुमा आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै अन्तरक्रिया पनि गरेका थिए ।

सो अवसरमा झरना स्पोर्टस क्लबका पूर्व खेलाडी तथा सचिव सिजन थापाले अनन्तलाई क्लबमा स्वागत र सम्मान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेका अनन्तको छोटो समयको आगमन, भेटघाट र साक्षात्कार कार्यक्रमले पनि स्थानीय क्लब र खेलाडीहरुलाई हौसला मिल्ने उनले बताए ।

स्मरण रहोस, अनन्तलाई केही दिन अघि मात्र रुपन्देही कै अर्को पुरानो र चर्चित क्लब मध्ये एक लिस्नु युवा क्लब, कोटिहवाले पनि स्वागत र सम्मान गरेको थियो ।

Post Comments