News बि.टी. कप र बिरेन स्मृति फुटबल प्रतियोगिता माघ तेस्रो सातादेखि
उमेश पुन

पोखरा । पोखराको पुरानो र प्रतिष्ठित स्थानीय प्रतियोगिता मध्ये एक १६औं बि.टी. कप र छैठौं बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता आउँदो माघ २२ गतेदेखि शुरु हुने भएको छ ।

पोखरा स्थित टुंडिखेलमा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको र टिमदर्ता शुल्क ९ हजार तोकिएको आयोजकले जनाएको छ ।

बुद्ध टोल युथ क्लब, पोखराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित १,६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद ८ हजार र ट्रफी हात पार्नेछ । अन्य विधागततर्फका नगद ६ हजार र ट्रफी पुरस्कार राखिएको छ । त्यस्तै फेयर प्ले टिमलाई नगद ९ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments