News धरान १७ फाइनलमा, उपाधिका लागि धरान १५ सँग भिड्ने
गोलनेपाल

धरान । उत्कृष्ट जितका साथ धरान १७ यहाँ जारी २३औं गोधुली कप रानिङ्ग शिल्ड वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा धरान १६ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै धरान १७ उपाधि नजिक पुगेको हो ।

धरान रंगशालामा सम्पन्न खेलको ४२औं मिनटमा मिलन राईको गोलबाट धरान १७ ले खेलमा अग्रता लिएको थियो । ६२औं मिनटमा सुशिल राईले त्यो अग्रता दोब्बर पारे भने ७२औं मिनटमा कृष्ण राईले तेस्रो गोल थप्दै धरान १७ को उत्कृष्ट जित पक्का गरेका थिए ।

खेलमा धरान १७ का सुशिल राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । धरान १७ ले अब फाइनलमा माघ १४ गतेका दिन धरान १५ सँग उपाधिका लागि भिड्नेछ ।

गोधुली क्लब धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments