News ४४औं हाङथुम कप शुरु, आयोजकको विजयी शुरुवात
गोलनेपाल

मुलखर्क । देश कै पुरानो मध्ये एक ४४औं हाङथुम कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक हाङथुम क्लब, संखुवासभाले विजयी शुरुवात गरेको छ ।

मादी नगरपालिका–३, मुलखर्क, संखुवासभा स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक हाङथुमले रियल लसुने क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा भने आयोजक टोलीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यो जितसँगै आयोजक हाङथुम सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत माघ १३ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल एडभान्स क्लब, मानेभञ्ज्याङ्ग र धनकुटा जिल्ला फुटबल संघबीच हुने आयोजकले जानकारी दियो ।

हाङथुम क्लब, मादी नगरपालिका–३, मुलखर्क, संखुवासभाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १६ गतेका दिन हुनेछ ।

Post Comments