News केपी ओली कपको पुरस्कार राशी घोषणा (पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति उपलब्ध गराएसँगै पहिलोपटक काठमाडौंमा हुन गईरहेको केपी ओली कप फुटबल प्रतियोगिताको लागि आवश्यक तयारील तिव्रता पाएको छ । एन्फाले फागुन ११ देखि १७ गतेसम्म केपी ओली कप आयोजना गर्न मिति घोषणा गरेको थियो ।

पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता केपी ओलीको नाममा पार्टी कै भातृ संगठन युवा संघ नेपालले प्रतियोगिता आयोजनाका लागि शुक्रबार पत्रकार सम्मेलनको गरी प्रतियोगिताबारे आधिकारिक रुपमा जानकारी पनि दियो ।

पत्रकार सम्मेलन मै आयोजकले पुरस्कार राशीबारे पनि घोषणा गर्यो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद ५०–५० हजार प्रदान गरिने आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रत्येक खेलको विजयी टोलीले म्याच मनी वापत नगद २५ हजार पाउनेछ भने हरेक खेलको म्यान अफ द म्याचलाई नगद १५ हजारसहित ट्रफी गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा सहभागिताका लागि सम्बन्धित क्लबहरुलाई यही माघ १७ गतेभित्र टिमदर्ता गर्न पनि आयोजकले सूचीत गरेको छ ।

 

Post Comments