News प्रथम वडा अध्यक्ष गोल्डकपमा कटारीको विजयी शुरुवात
गोलनेपाल

त्रियुगा । वडा युवा तथा खेलकुद विकास समिति, त्रियुगा नगरपालिका–१०, उदयपुरको आयोजनामा शुरु प्रथम वडा अध्यक्ष गोल्डकप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा कटारी फुटबल क्लबले उतकृष्ट जितका साथ विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा चौदण्डीगढी नगरपालिकालाई २–५ ले हराउँदै कटारीले उत्कृष्ट शुरुवात गरेको हो । कटारीको जितमा आकाश राईले दुई गोल गरे भने प्रताप राई, पुरन धामी र संजय तामाङले एक–एक गोल गरे ।

उता पराजित चौदण्डीगढीका लागि विश्वास राई र रितेश तामाङ्गले गोल गरे । खेलमा कटारका आकाश राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र मेडल हात पारे । उक्त म्यान अफ द म्याचको पुरस्कार हेम बहादुर थापा मगरले सौजन्य उपलब्ध गराएका थिए ।

 

Post Comments