News उत्कृष्ट जितका साथ फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । उत्कृष्ट र सहज जित हात पार्दै फर्साटिकर युवा क्लब जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले बिग बुद्ध युवा क्लब, सुनवललाई ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

खेलमा फर्साटिकरका टिकाराज गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन १ गते सोमबारको खेल फोर ब्रदर्श एफसी, नवलपरासी र सञ्जिवनी युवा क्लब, बागधुरा, देवीनगरबीच हुने प्रचार प्रसार संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले बताए । फाइनल खेल भने फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments