News बिल स्मृति आठौं संगम कप फागुन ८ देखि
उमेश पुन
पोखरा । संगम क्लव द्वारा आयोजना हुन लागेको आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता फागुन ८ गते देखी पोखरा रंगशालामा सुरु हुने भएको छ ।प्रतियोगिता फागुन १३ गतेसम्म संचालन हुने प्रतियोगिता संयोजक शिव गुरूङले बताए।।
 
कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरुले मात्रै प्रतियोगितामा सहभागिता जनाउने पाउने छन् भने ए डिभिजन लिग खेलेका खेलाडीहरुले प्रतियोगितामा खेल्न नपाउने आयोजकले बताए ।
 
प्रतियोगिताको विजेताले रू १ लाख ७५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले रू १ लाख रुपैयाँ ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ।
 
त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र फरवार्डले जनही ५/५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजारसहित ट्रफी पाउने छन् ।क्वाटरफाइनलदेखी प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले नगद १ हजार रुपैयाँ पाउने संयोजक गुरूङले बताए।
Post Comments