News एपिएफ र ल्याबोरेटरी उपाधिका लागि भिड्ने
गोलनेपाल

किर्तिपुर । यहाँ जारी सातौं नेपाल एपिएफ स्कुल कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपिएफ स्कुल र ल्याबोरेटरी स्कुल भिड्ने भएका छन् ।

आयोजक स्कुलको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफ स्कुलले नेपाल पुलिस स्कुललाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । एपिएफ स्कुलका लागि बिकास बोहोराले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ल्याबोरेटरी लिटिल एन्जल्स स्कुलमाथि ३–० को प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुग्यो । ल्याबोरेटरीका लागि रविन तामाङ, निशान बुढाथोकी र रिदेश जंग शाहीले गोल गरे । खेलमा ल्याबोरेटरीका गोलरक्षक बिशेष बानियाँ क्षेत्रीको प्रदर्शन पनि दर्शनीय रह्यो । विपक्षी टोलीको गोल प्रयासलाई दर्शनीय रुपमा विफल तुल्याएका उनले टोलीको जितमा अहम भूमिका खेले ।

फाइनल खेल यही फागुन १४ गतेका दिन एपिएफ स्कुल र ल्याबोरेटरी स्कुलबीच हुने आयोजकले जानकारी दियो । प्रतियोगितामा कुल २० स्कुलहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments