News नेपालगञ्ज कञ्चन कपको फाइनलमा, उपाधिका लागि फोर ब्रदर्शसँग भिड्ने
सुरज राना मगर

दियोबजार । नेपालगञ्ज–११ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा नेपालगञ्जले २८ बिगाहा क्लब, नवलपुरलाई २–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

कञ्चन–४, दियोबजार स्थित हिमालय खेलमैदानमा भएको खेलमा नेपालगञ्जका लागि एलिस मगर र फागुराम चौधरीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच पनि नेपालगञ्ज कै फागुराम चौधरी घोषित भए ।

नेपालगञ्जले अब उपाधिका लागि फागुन २० गते शनिबार हुने फाइनलमा फोर ब्रदर्श एफसी, नवलपरासीको सामना गर्नेछ ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments