News सहज जितका साथ बिरगंज क्वाटरफाइनलमा
गोलनेपाल

सिमरा । सहज जितका साथ बिरगंज युनाइटेड यहाँ जारी १३औं जितपुर सिमरा गोल्डकपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ बिरगंजले बागमती युथ क्लब, सर्लाहीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

सिमरा रंगशालामा भएको खेलमा बिरगंजका लागि बिबेक चौधरीले दुई गोल गरे भने थप एक गोल कृपा चौधरीले गरे । खेलमा दुई गोल गरेका बिबेक चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ११ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल केबिए ग्लोबल भरतपुर एफसी, चितवन र मकवानपुर–११ बीच हुने आयोजकले जानकारी दियो ।

नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत १८ गतेका दिन हुनेछ ।

Post Comments