News बिराट गोल्डकपः लुकासँग संकटा स्तब्ध
गोलनेपाल

बिराटनगर । संकटा क्लबलाई हराउँदै लुका सकर क्लब यहाँ जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम क्वाटरफाइनलमा लुकाले संकटा क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । शहिद रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । जसमा लुका सकर क्लबले नतिजा ८–७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

लुकाले अब दोस्रो सेमिफाइनलतर्फ चैत १४ गतेका दिन सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत चैत १३ गते सोमबारको पहिलो सेमिफाइनल खेल बिराटनगर सिटी एफसी र जावलाखेल युथ क्लबबीच हुनेछ ।

यही चैत १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित २० लाख १५ हजार हात पार्नेछ भने उपविजेताले १० लाख ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments