
हेटौडा । मकवानपुुरको बागमती गाउँपालिकामा हुने तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बागमती खेलकुद विकास समितिले खेलतालिका सार्वजनिक गरेको हो ।
खेलतालिका अनुसार उद्घाटन खेल फागुन ३ गते आयोजक फापरबारी र बागमती युवा क्लव सर्लाही बिच हुनेछ । त्यस्तै, दोस्रो खेलमा फागुन ४ गते न्यू डाँफे युवा क्लव मकवानपुर र नवजागृति युवा क्लव सिमरा बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक अरुण बलले बताए । त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।
गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने आयोजकले जनाएको छ । गोेल्डकपको विजेताले नगद ६ लाख, शिल्ड,मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेतले ३ लाख हात पर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन माननीय गृहमन्त्री रामबहादुर थापा बादल ले गर्नुहुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा