भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ ।
आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो ।
गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो ।
साविक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण र प्रयोगहीन भवनलाई मर्मत तथा स्तरोन्नित गरी भद्रपुर झापा गोल्डकपले कार्यालय स्थापना गरेको अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
दुई कोठे सो भवनमा एउटा बैठककक्ष र कार्यालय तथा अर्कोमा लेखा शाखा निर्माण गरिएको छ ।
भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, गोल्डकप अध्यक्ष ढकाल, मुख्य सल्लाहकार टिकाराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले कार्यालयको विधिवत उद्घाटन गरेका थिए ।
गोल्डकपले यही मंसिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्दैछ ।
त्यस्तै, ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत उमेर समूहका खेलाडी छनोटको कार्य भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक