News नेपाल एपीएफ स्कुल कपः क्वाटरफाइनल समिकरण पूरा
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।

लिग चरणको अन्तिम दिन तीन खेलहरु सम्पन्न भए । पहिलो खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन र ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले १—१ गोलको बराबरी खेलेका छन् । खेलमा ग्रिन भिलेजका समिर बोहोराले गोल गरेका थिए भने ब्राईट होराईजनका लागि चक्र सिंहले गोल गरेका थिए ।

त्यसैगरी दोस्रो खेलमा राराहिल मेमोरियल स्कुले साल्भिनिया एकेडेमीलाई २—० को गोल अन्तरले पराजित गर्यो । राराहिलको जितमा सुजन महर्जन र नरेश बोहोराले १–१ गोल गरे । त्यसैगरी अन्तिम खेलमा नेपाल पुलिस स्कुल र सैनिक आवासिय महाविद्यालयले बराबरी खेलेका छन् ।

यससँगै समूह ए बाट आयोजक नेपाल एपीएफ स्कुल समूह विजेता र हारति शिक्षा मन्दिर उपविजेता बनेको छ भने समूह बी बाट सैनिक आवासिय महाविद्यालय विजेता र नेपाल पुलिस स्कुल उपविजेता बनेका छन् ।

त्यस्तै समूह सी बाट लिटल एन्जल्स स्कुल समूह विजेता बन्दा ल्याब्रोटरी मा.बि.उपविजेता बन्यो । समूह डी बाट ब्राईट होराईजन चिल्ड्रेन होम स्कुल समूह विजेता बन्यो भने ग्रिन भिलेज एजुकेशन फाउण्डेशन उपविजेता बन्यो ।

प्रतियोगिता अन्तरगत पहिलो क्वाटरफाईनल खेल सैनिक आवासिय महाविद्यालय र ग्रिन भिलेज एजुकेशन फाउण्डेशन बिच हुनेछ भने दोस्रो क्वाटरफाईनल खेल लिटल एन्जल्स स्कुल र हारति शिक्षा मन्दिर बिच हुनेछ ।

त्यसैगरी तेस्रो क्वाटरफाईनल खेल आयोजक नेपाल एपीएफ स्कुल र ल्याब्रोटरी मा.बि बिच हुनेछ भने चाँैथो क्वाटरफाईनल खेल ब्राईट होराईजन चिल्ड्रेन होम स्कुल र नेपाल पुलिस स्कुल बिच हुने खेल संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।

पहिलो र दोस्रो क्वाटरफाइनल खेल फागुन २ गते शुक्रबारका दिन हुनेछ भने तेस्रो र चौथो क्वाटरफाइनल खेल फागुन ३ गते शनिबारका दिन हुनेछ ।

 

Post Comments