News पथरी राजारानी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

राजारानी । पथरी फुटबल क्लब, मोरङ यहाँ जारी अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनलतर्फ पथरीले आयोजक रारा फुटबल क्लबलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

राजारानी खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ पथरीले आयोजक राजारानीमाथि ३–२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । खेलमा पथरीका सौरभ राउत म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत बैशाख २४ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल बिर्तामोड युनाइटेड एफसी, झापा र डाँडाबजार एफसी, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २८ गतेका दिन हुनेछ ।

Post Comments